मधेश विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने उद्देश्यले BPAM (Bachelor in Public Administration & Management) तथा BBA (Bachelor of Business Administration) कार्यक्रम सञ्चालन गर्न इच्छुक शैक्षिक संस्थाहरूलाई सम्बन्धनका लागि आवेदन आह्वान गरेको छ।
सार्वजनिक, सामुदायिक तथा सहकारी क्षेत्रबाट सञ्चालित अध्ययन संस्थाहरूले सम्बन्धन प्राप्त गर्न निर्धारित मापदण्ड अनुसार आवेदन दिन सक्नेछन्। आवेदन फाराम विश्वविद्यालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।
इच्छुक संस्थाहरूलाई निर्धारित समयभित्र आवेदन पेश गर्न अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि संलग्न सूचना अवलोकन गर्नुहुन अनुरोध छ।